मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू आज जनकपुरधाम फर्किँदै
फागुन २९, २०८१ बिहिबार
कैलाली – चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास आयोजनाको झण्डै ८५ करोडभन्दा बढी बजेट फ्रिज गएको छ ।
चालु आर्थिक वर्षको सबैभन्दा बढी मोहना अत्तरिया ६ लेन सडक आयोजनाको रकम फ्रिज हुँदै छ । त्यो आयोजनाको करिब २२ करोड बजेट फ्रिजमा गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आयोजनाको चालु आर्थिक वर्षको कुल पूँजीगत बजेट ५ अर्ब ८५ करोड ७६ लाख १५ हजार मध्ये ५ अर्ब ४८ लाख ७३ हजार मात्रै खर्च भएको छ ।
जम्मा पूँजीगत बजेटको १५ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सबैभन्दा बढी बजेट फ्रिज गएको मोहना अत्तरिया ६ लेन सडक आयोजनाले सडक विस्तार क्षेत्रमा परेको भौतिक संरचना, रूख, खानेपानी पाइप, टेलिफोन र बिजुलीका पोल हटाउने काममा भएको ढिलाइले गर्दा विनियोजित बजेट अनुसारको काम सम्पन्न गर्न नसकिएको दावी गरेको छ । साथै घर भत्काउन अटेरी गर्दै सर्वोच्चमा मुद्धा परेकाले पनि निर्माणमा ढिलाई भएको जनाएको छ ।
मोहना अत्तरिया ६ लेन सडकको मात्रै २२ करोड ५९ लाख ३४ हजार २ सय ५२ रुपैयाँ फिर्ता जाने भएको हो । त्यस्तै राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको ७ करोड बजेट फ्रिज भएकोे छ । त्यो आयोजनाको कुल १ अर्ब ५८ करोड १३ लाख ४१ हजार विनियोजित बजेटमध्ये १ अर्ब ५० करोड ६२ लाख ५५ हजार ६ सय ५१ मात्रै खर्च भएको छ ।
त्यसैगरी अन्य सरकारी र आयोजना गरी कैलालीमा ८५ करोडभन्दा बढी बजेट फ्रिज गएको छ । पूँजीगत बजेटमध्ये १५ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताउनुभयो ।
पूँजीगततर्फ सबैभन्दा धेरै बजेट हुने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ९२ दशमलव ८२ प्रतिशत खर्च गर्न सकेको छ । त्यस कार्यालयमार्फत यस वर्ष निकासा भएको १ अर्ब ४७ करोड ९७ लाख ५१ हजार मध्ये १ अर्ब ३७ करोड ३४ लाख ७१ हजार २ सय ८५ मात्रै खर्च भएको छ ।
त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ८२ प्रतिशत जिल्ला वनले ७५, भू–संरक्षणले ९८, हुलाकी सडक ९३, खुटिया–बीपीनगर सडक योजनाले ९०, ६ लेन सडक आयोजना ५६, क्षेत्रीय शहरी विकासको शून्य दशमलव ५, क्षेत्रीय सिँचाइ ९७, भूमिगत जलस्रोत ९८, जल उत्पन्नले ९४, भूमिगत जल सिँचाइले ९२, सिँचाइ विकासले ९९, जिल्ला प्राविधिकले ७६ र कैलाली भन्सारले ८७ प्रतिशत मात्रै खर्च गरेका छन् ।
पहिलकाका वर्षहरुमा भन्दा यस वर्ष पूँजीगत खर्चमा प्रगति देखिएको कोष नियन्त्रक मदनराज पाण्डेयले बताउनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा ८२ प्रतिशत पूँजीगत खर्च भएकोमा २०७४/७५ मा ८३ प्रतिशत खर्च भएको कोष नियन्त्रक पाण्डेयले बताउनुभयो ।
विकास निर्माण कार्य टेन्डरका माध्यमबाट हुने टेन्डर प्रकृया घटाघटमा हुने भएकाले कार्य गर्नमा ढिलो हुने गरेको हो । कार्य सम्पन्न भएपछि मात्रै भुक्तानी गरिने भएकाले असारमा बढी बजेट खर्च भएको देखिने गरेको कोष नियन्त्रक पाण्डेयले बताउनुभयो ।
कैलालीका विकासे कार्यालयहरुले असारमा मात्रै १ अर्ब ७० करोड पूँजीगत बजेट खर्च गरेका छन् । जुन ३७ प्रतिशत हुन आउँछ । जम्मा बजेटको ३७ प्रतिशत मात्रै बजेट खर्च आर्थिक वर्षको अन्त्यमा हुँदा निर्माण कार्यहरु गुणस्तरहिन हुने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।