अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत १५ दिने यात्रामा रहेकाहरू आज पुनः जनकपुरधाम फर्किँदै छन् । उनीहरू हिजो १४औं दिन भारत बिहारको विसौलमा विश्राम गरेपछि आज जनकपुरधाम आउन लागेका हुन् ।
जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य विभिन्न ठाउँमा विश्राम गर्नेछन् ।
यही फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८ कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट शुरू भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत् रूपमा प्रारम्भ भएको थियो ।
फागुपूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् ।
१५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फूलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म एक सय ३३ किलोमिटरको यात्रा गरिन्छ ।
भोलि शुक्रवार परिक्रमा समापन भएसँगै पर्सि शनिवार मिथिलाञ्चलभरी होली पर्व उल्लासका साथ मनाइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।