१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

 फागुन २९, २०८१ बिहीबार १०:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ ।

आज प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

आज दिउँसो २ बजेदेखि पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचार गर्न पाइनेछ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया