आज विश्व मिर्गौला दिवस मनाइँदै

 फागुन २९, २०८१ बिहीबार १२:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व मिर्गौला दिवस मनाइँदैछ । प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ ।

मिर्गौलासम्बन्धी सचेतना जगाउनका लागि सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्षको विश्व मिर्गौला दिवस आज फागुन २९ गते परेको हाे । ‘मिर्गौला स्वास्थ्यबारे समयमै थाहा पाऔँ, मिर्गौला बचाऔँ’ भन्ने नाराका साथ यो वर्ष विश्वभर विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदै छ ।

विश्वमा प्रत्येक १० मध्ये एक जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ । दक्षिण एशियाली देशहरू– भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशमा बढ्दो मधुमेह र उच्च रक्तचापका कारण पनि दीर्घकालीन मिर्गौला रोगको जोखिम बढी पाइएको छ ।

संसारभर १० प्रतिशत जनसङ्ख्या अर्थात् झन्डै ८५ करोड जनाभन्दा धेरैलाई दीर्घकालीन मिर्गौला रोग लागेको अनुमान छ । यो रोग विशेष गरी वृद्धवृद्धा र मधुमेह लागेकाहरूमा धेरै देखिन्छ ।

नेपालमा एक सयभन्दा बढी अस्पताल, स्वास्थ्य संस्था तथा केन्द्रमा डायलसिस सेवा विस्तार भएको छ । झन्डै आठ हजार मिर्गौला फेल भएका बिरामीलाई नियमित डायलसिस गराई ज्यान बचाउन सम्भव भएको छ ।

यस्तै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगायतका सरकारी तथा निजी अस्पतालमा डायलासिस सेवा तथा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

चिकित्सकहरुका अनुसार बेलाबेलामा स्वास्थ्य परीक्षण गर्ने, खानामा ध्यान दिने , प्रशस्त पानी पिउने, व्यायाम गर्ने र धुलो, धुँवालगायतका वातावरणीय प्रदूषणबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया