शेयर बजार उत्तेजित बनाउने र गिराउने प्रवृत्ति रोक्न धिताेपत्र बोर्ड चनाखो हुनुपर्ने अर्थमन्त्रीकाे भनाइ

त्रत्र

 जेठ २५, २०७६ शनिबार २०:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृत्ति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्नेगरी हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिनुभएको हो । मुलुकको अर्थतन्त्र उदीयमान रहेको भन्दै उहाँले बैकिङ क्षेत्रलगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिविम्ब नै शेयर बजारमा देखिने भएकाले शेयर बजारलाई उत्तेजित बनाउने र गिराउने प्रवृत्ति रोक्न बोर्ड सधैँ चनाखो हुनुपर्ने बताउनुभयो ।

मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गर्नुभयो । बैकमा खाता नभइ रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क उहाँले गर्नुभयो ।

कोमोडिटी मार्केटलाई अझै पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारद्धारा नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भुमिका प्रभावकारी बन्न नसकेको गुनासो रहँदै आएको छ । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया