साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको अपेक्षा सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ ।
अर्थमन्त्री खतिवडाले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षा सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको प्रष्टयाउनु भएको हो । बिहीबार अर्थ मन्त्रालयका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गरी उहाँले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतका समस्या समाधानमा जोड दिइएको बताउनु भयो भने जनताको दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक वर्षभित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अर्ब बजेटको व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पुर्याइएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको पनि बताउनु भयो । गरिब र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
बजेटमा राज्यले संरक्षण गर्नुपर्ने जेष्ठ नागरिक, अपांग नागरिक, एकल महिलाहरुलाई दिईदै आएको भत्ता एक हजारका दरले वृद्धि गरिएको छ । अर्थमन्त्री खतिवडाले राज्यले संरक्षण गर्नुपर्ने नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दिईदै आएको भत्तामा वृद्धि गरिएको पनि बताउनुभयो ।
युवा परिचालन, महिला हिंसा अन्त्य लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको छ । अर्थमन्त्री खतिवडाले कृषिलाई आधुनिकीकरण गर्न कृषि कर्जाको पनि व्यवस्था बजेटमा गरिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।