भारत जानेहरुका लागि एनसेलले ल्यायो ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’

 जेठ १०, २०७६ शुक्रबार ६:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौंं - एनसेल प्रा.लि.ले भारत भ्रमणमा जानेहरुका लागि ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ल्याएको छ ।

याे प्याक अन्तर्गत एनसेलका ग्राहकले भारतमा रहँदा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवामार्फत कुराकानी गर्न सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक १०० (रु १२७.६९ कर सहित)रुपैयाँ मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको प्रयाेग गर्न सक्ने कम्पनीले जनाएकाे छ । सेवाक लागि भारत जानु अघि वा पुगेपछि *१७१२९# डायल गरेर निर्देशन पालना गर्नुपर्ने हुन्छ। 

एक पटक यो प्याक सुरु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुने र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्ने कम्पनीले जनाएकाे छ ।

भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार-व्यवसायमा तथा तीर्थयात्रामा जाने भएकाले यो योजनाले ग्राहकलाई आफ्ना परिवारका सदस्य, साथीभाईसँग  सम्पर्कमा रहिरहन सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।  
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया