साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाण्डाै - एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी उद्यम सञ्चालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो ।
मंगलबार काठमाण्डौमा बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
विदेशमा विभिन्न दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिनु भयो । बैंकले तत्कालका लागि परियोजना धितोमा १ अरवसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष गोल्यानले त्याे कर्जा माग र आवश्यक्ताको आधारमा थप गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा उद्योगमा लगानी गर्न सो कर्जा प्रवाह हुनेछ ।
समझदारी अनुसार ती युवाहरुलाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम संचालनका लागि आवश्यक तालिम पनि दिनेछ । स्वदेशमै रोजगारीको अवसर सृजना गरी युवाहरुलाई उत्पादनको काममा जोड्न सो कर्जा प्रवाह कार्यक्रम संचालन गर्ने समझदारी गरिएको पनि एनएमबी बैंकका अध्यक्ष गोल्यानले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
HariLal Sapkota
May 8, 2019, 7:46 a.m.Very Nice .