साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – वाइडबडी जहाज खरिदमा अनियमिता भएको आशंकामा संसदको लेखा समितिले नेपाल वायु सेवा निगमलाई प्रश्न सोधेको छ ।
जहाज किन्दा एअरबस कम्पनी नै किन रोजेको, सिधै नकिनेर एजेन्ट लगाएको, एजेन्टबाट आउने कमिसन लुकाएको, विमानको तौल तलमाथि भएकोलगायतका ४२ वटा प्रश्न समितिले निगमलाई सोधेको छ ।
निगमले पनि समितिलाई आइतबार जवाफ पठाएको छ । समितिले खरिद प्रक्रियादेखि नै गडबडी भएको आशंका गरेपछि निगमले खरिद प्रक्रियादेखिका हजारौैं पानाको फाइल लेखा समितिलाई पठाएको छ ।
‘उहाँहरुले सोधेका ४२ वटा प्रश्नको जवाफसहित जहाज किन्दा भएका सबै प्रक्रियागत निर्णय र कागजात हामीले पठाएका छौं’, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले स्वामित्व हस्तान्तरणको कागज जसलाई बील अफ सेल भन्छ, त्योसहित हजारौं पानाको फाइल आइतबार लेखा समितिको सचिवालयमा पठाएका छौं ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।