नेप्से परिसूचक ३२ अंकले बढ्यो

 पुष ८, २०७५ आइतबार १६:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेप्से परिसूचक आइतबार ३२ अंकले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार परिसूचक ३२ दशमलव २४ अंकले बढेर १२ सय बिन्दु नजिक पुगेको छ ।

उत्पादनमूलक समूह बाहेक सबै समूहको उप–सूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । आइतबार सबैभन्दा बढी निर्जीवन बीमा समूहको कारोबार ३ सय १८ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै कारोबार रकम पनि बढेको छ । आइतबार दिनभरको कारोबारमा ८८ करोड २१ लाख रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर किनबेच भएका छन् । नेप्से परिसूचक र कारोबार रकममा सुधार भएसँगै आईएमई जनरल इन्स्योरेन्स लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, नागबेली विकास बैंक लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत धेरै कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।
बजार बढ्दा पनि कालिका विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६ दशमलव २५ प्रतिशत गुमाएका छन् ।
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया