साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – भारतले क्रस बोर्डर विद्युत व्यापार निर्देशिका परिवर्तन गरेको छ । भारतले निर्देशिका परिवर्तन गरेसँगै नेपालले उत्पादन गरेको बिजुली भारत सहित अन्य देशमा बेच्न बाटो खुलेको छ ।
यसअघि भारतले केही शर्त राख्दा नेपालले उत्पादन गरेको बिजुली भारत बेच्न सकिने अवस्था थिएन । भारतले यसअघि बनाएको निर्देशिकामा आफ्नो लगानी भएका आयोजनाबाट मात्रै बिजुली किन्न सकिने उल्लेख थियो । यस्तै कुनै निनी कम्पनीले बनाएका आयोजनामा पनि ५१ प्रतिशत भारतीय कम्पनीकै लगानी भएको हुनुपर्ने शर्त थियो ।
तर भारतले १८ डिसेम्बरमा संशोधन गरेको निर्देशिकामा भारतीय स्वामित्व नै हुनुपर्ने बुँदा हटाइएको छ । तर भारतीय कुनै पनि कम्पनीले बिजुली किन्दा भारत सरकारको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
भारतीय निर्देशिकाकै कारण नेपालले यसअघि बंगलादेशसँग गरेको विद्युत व्यापार सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको थियो । अब भारतले निर्देशिका फेरेसँगै नेपालले भारत मात्र होइन, भारत हुँदै तेस्रो देशमा पनि बिजुली बेच्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।