साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – शेयरबजार व्यवस्थित गर्न माग गर्दै लगानीकर्ताले रिले अनसन सुरु गरेका छन् । शेयर बजार लगातार ओरालो लाग्दा लगानीकर्तालाई अरबौँ रुपैयाँ घाटा लागेको तर सरकारले सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले शेयरबजार परिसूचक नेप्सेको भवनअघि अनसन सुरु गरेका हुन् ।
अनलाइन प्रणाली सुधारसहित १० बुँदे माग राखेर सुरु भएको अनसनमा नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनुभयो ।
उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी धारणा तथा नीति स्पष्ट गर्नुपर्ने, अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल सबै लगानीकर्तासम्म पुर्याउनुपर्ने, विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याइनुपर्ने, ग्रेड चार र पाँच रेटिङ प्राप्त गरेका कम्पनीलाई आईपीओ बिक्री गर्न बन्देज लगाउनुपर्नेलगायत माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।