पीएसजी, मिलान, बार्सिलोना र बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिश लिएर नागरिकता प्रदान गरेको छ ।
राइनास नगरपालिका–५ निवासी सुभेक्षा परियारलाई वडा कार्यालयबाट अनुसूची १ भरेर अनलाइनबाट सिफारिश भई आएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो ।
प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत विष्णुकुमारी न्यौपानेले परियारलाई नागरिकता प्रदान गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले नागरिकता सिफारिशको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित र छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणाली अपनाइएको बताउनुभयो ।
उहाँका अनुसार पहिला १५ मिनेट लाग्ने काम अब पाँच मिनेटमै हुने छ भने अब छिट्टै समयसीमा तोकेर सबै वडालाई अनिवार्य अनलाइन प्रणालीबाट सिफारिश गर्न लगाइने छ ।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिश अगाडि बढाएपछि राइनास नगरपालिकाले पहिलो पटक यस्तो प्रविधिलाई अपनाएको हो ।
यस प्रणालीमा निवेदकको माग अनुसार विवरण प्रविष्टि गरेपछि सिस्टमबाटै सिफारिश तयार हुने र सिफारिश प्रिन्ट गरेर वडाध्यक्षले सही गरेर छाप लगाएपछि सिस्टममा अपलोड हुने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।