प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्ने

 फागुन २७, २०८१ मंगलबार १२:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवलायले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन् । एमालेले हिजो संसदीय दलको बैठकमार्फत सबै ४० जना सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो ।

नेपाली कांग्रेसले पनि आफ्ना २९ जना सांसदलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ । प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्विप जारी गरेको हो ।

विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकारले संसद्मा उठाइएका विषयहरू सम्बोधन गर्न असफल भएको र संसद्लाई पेलेर अघि बढ्न खोजेको उनीहरूले आरोप लगाएका छन् ।

कोशी प्रदेशसभामा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्चको शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै उहाँले पूर्वाञ्चल विश्वविद्यालयको ४०औं विशेषसभा बैठक एवम् १३औं दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नुहुनेछ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया