आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गर्दा चार जनाको ज्यान गएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला रुसले आक्रमण गरेको बीबीसीले जनाएको छ ।
आक्रमणबाट अरू ३१ जना घाइते भएका छन् । युक्रेनको मध्य शहरमा रहेको एउटा होटलमा मिसाइल खस्दा १३ वटा अपार्टमेन्ट ब्लक र १२ वटा पसलमा क्षति पुगेको बीबीसीको खबरमा उल्लेख छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मिसाइल आक्रमणमा परेको होटलमा अमेरिकी र बेलायती स्वयंसेवकहरू उपस्थित रहेका बताउनुभएको छ । रुस र युक्रेनबीच गएको तीन वर्षदेखि युद्ध चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।