आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार लगातार चौथो दिन घटेको छ । यो हप्ताको आइतवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसयता घटिरहेको छ ।
आज नेप्से २ दशमलव ७० अङ्कले घटेर २ हजार ८ सय १८ दशमलव ४३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ ।
आज नबिल डिबेन्चर २०८२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ६५ करोडको कारोबार भएकोमा ३ सय १० वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर १० अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।