रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगमा कायम रहेका १ सय २१ दलमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन नबुझाउने ३२ वटा दललाई काराबाहीको तयारी थालेको आयोगकी प्रवक्ता निता पौडेल अर्यालले बताउनुभयो ।
आर्थिक वर्ष सकिएको ६ महिनाभित्र दलहरूले आय/व्ययसहितको लेखापरीक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ ।
आयोगमा बुझाएको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी र नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ । एमालेले गएको आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी र ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । एमालेले पार्टी सदस्यता शुल्क शीर्षकमा मात्रै ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ सङ्कलन गरेको छ ।
नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा बेहाेरेकाे प्रतिवेदन निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले गएको आर्थिक वर्षमा २ करोड ५९ लाख आम्दानी र ४ करोड रुपैयाँ खर्च गरेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) ले १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ । माओवादीले ५३ हजार रुपैयाँ घाटाको हिसाब देखाएको छ । रास्वपाले ३ करोड ८० लाख रुपैयाँ आम्दानी र ६ करोड ५० लाख खर्च भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।