आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
चीनले अमेरिकालाई आफू जस्तोसुकै युद्ध गर्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धि गर्ने निर्णय गरेपछि त्यसको जवाफ दिँदै चीनले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ ।
ट्रम्पले सबै चिनियाँ सामानमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले कर युद्ध, व्यापार युद्ध वा अन्य कुनै युद्ध चाहेको खण्डमा त्यसका लागि तयार रहेको चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।
ट्रम्प राष्ट्रपति बनेपछि चीनको यो सबैभन्दा कडा प्रतिक्रिया हो । यो प्रतिक्रिया चीनका नेताहरू नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को वार्षिक सत्रका लागि बेइजिङमा भेला भएका बेला आएको हो ।
हिजो मात्रै चिनियाँ प्रधानमन्त्री ली किआङले चीनले यस वर्ष आफ्नो रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गर्नुभएको थियो । चिनियाँ नेताहरूले व्यापार युद्धको खतराका बाबजुद पनि नागरिकलाई देशको अर्थतन्त्र बढ्न सक्नेमा विश्वस्त रहेको सन्देश दिन खोजिरहेका छन् ।
अमेरिकाको तुलनामा चीनले आफ्नो छवि स्थिर र शान्तिपूर्ण देशको रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । चीनले क्यानडा र मेक्सिको जस्ता अमेरिकी सहयोगीहरूमा ट्रम्पको निर्णयको प्रभावलाई आफ्नो फाइदामा बदल्ने आशा गर्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।