अमेरिकाको गाजा योजनाको सट्टा अरब नेताको अरब योजना स्वीकृत

 फागुन २१, २०८१ बुधबार ९:२२:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै अरब योजना स्वीकृत गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुनर्निर्माणका लागि झण्डै २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गर्नुभएको थियो । ट्रम्पको यो योजनालाई अरब राष्ट्रहरूले पूर्ण रूपमा अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

अरब लिगका महासचिव अहम अबुल घैथले अरब योजना घोषणा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पको योजना उल्लेख नै नगरि स्वैच्छिक वा जबरजस्ती कुनै पनि प्रकारको विस्थापन अस्वीकार गर्ने अडानलाई दोहोर्‍याउनुभएको छ ।

इजिप्टले ९१–पृष्ठको विस्तृत योजना प्रस्तुत गरेको छ जसमा हरियो क्षेत्र र ठूला सार्वजनिक भवनहरूको योजना समावेश छ । झण्डै डेढ वर्ष लामो हमास–इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक ठाउँ ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको अनुमान छ ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया