आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोबीच करको विषयमा टेलिफोन कुराकानी भएको छ । क्यानडाका प्रधानमन्त्री ट्रुडोसँगको कुराकानी सकारात्मक भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।
केही दिन अघिदेखि अमेरिकाले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत कर लगाएको छ । त्यसको बदलामा क्यानडाले पनि अमेरिकामाथि करको घोषणा गरको छ ।
राष्ट्रपति ट्रम्पले ट्रुडोलाई कमजोर सीमा नीतिका कारण आप्रवासी र लागूपदार्थ कारोबारको समस्या आएको र त्यसमा क्यानडाले थप बढवा दिएको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।
कमजोर सीमा नीतिका कारण क्यानाडा र मेक्सिकोको सिमानामा आइरहेको फेन्टानिल पदार्थ (नशालु औषधि) का कारण धेरै मानिसको ज्यान गएको ट्रम्पको भनाइ छ । उहाँले यो अवस्थाको सुधार अझै नभएको बताउनुभएको खबरमा उल्लेख छ ।
जवाफमा प्रधानमन्त्री ट्रूडोले स्थिति पहिलेभन्दा राम्रो रहेको तर अझै सुधार आवश्यक रहेको बताउनुभएको छ ।
क्यानडामा चुनाव नजिकिए पनि ट्रुडोले यसबारे राष्ट्रपति ट्रम्पसँग कुनै कुरा नगरेको भन्दै ट्रम्पले लागूऔषध र आप्रवासीको मुद्दा सल्टाएर सत्तामा रहिरहने उहाँको चाहना हुनसक्ने आँकलन गरिएको बताउनुभएको छ । क्यानडालाई अमेरिको ५१औं राज्य बनाउने ट्रम्पको दाबीपछि दुवै देशबीच तनावको स्थिति सिर्जना भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।