हिंसाबाट सबैभन्दा उत्पीडनमा दलित महिला

 फागुन २२, २०८१ बिहीबार १०:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली समाजमा समग्र महिलाको तुलनामा दलित महिला विभिन्न तहगत हिंसाको उत्पीडनमा पर्ने गरेको पाइएको छ ।

तेहरो मारमा परेका दलित महिलाले सबै महिलाले भोग्ने हिंसा भोग्नु परेको छ त्यसका अतिरिक्त उनीहरुले जातीय, पितृसत्ता, वर्गीय, आर्थिक, सामाजिक कारणले थप हिंसाको सामना गर्नु परिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

दलित महिला सङ्घ (फेडो) ले २०८१ मा गरेको अध्ययनअनुसार नेपाल प्रहरीको विवरणमा हिंसापीडित दलित महिलाको कुल सङ्ख्या ११ दशमलव ५४ प्रतिशत छ । हिंसापीडित दलित बालिकाको सङ्ख्या १९ दशमलव ४४ प्रतिशत छ ।

राष्ट्रिय महिला आयोगमा अभिलेख भएका घटनामध्ये ११ दशमलव ३४ प्रतिशत दलित महिलासँग सम्बन्धित छन् । ओरेक नेपालको अभिलेखअनुसार हिंसापीडित महिलामा दलित महिलाको सङ्ख्या २७ प्रतिशत छ । इन्सेकको अभिलेखमा पनि दोस्रो बढी हिंसामा पर्ने महिलामा दलित छन् । जसमा दलित महिला २२ दशमलव ५८ प्रतिशत छन् ।

यी तथ्याङ्क पीडितकोतर्फबाट आएका उजुरी मात्र हुन । धेरैजसो दलित महिला हिंसाका उजुरी सम्बन्धीत निकायसम्म पुग्न नसकेको अधिकारकर्मी गुनासो छ । उनीहरुले दलित महिलासँग जोडिएका धेरैजसो हिंसा घटनाहरू गुपचुपमा नै राखिने गरेको दाबी गरेका छन ।

हिंसा पीडित दलित महिलामा कानूनी सचेतनाको नहुनु,थप हिंसाको डर, न्यायिक प्रक्रियामा कमजोर उपस्थिति, आर्थिक र सामाजिक दबाब जस्ता थुप्रै कारणले हिंसा सहन बाध्य छन । दलित र दलित महिलाहरूप्रति हुने विभेद र दमनको विकराल रुप अन्तरजातीय विवाहमा देखिएको दलित महिला सङ्घ (फेडो)  की महासचिव रेणु सिजापतीले बताउनुभयो ।

फेडोले गरेको अध्ययनअनुसार अन्तरजातीय विवाह गरेका ७१ दशमलव सात प्रतिशत महिलाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डर, धाक र धम्कीको सामना गर्नु परेको छ । साथै सार्वजनिक स्थानमा दुर्व्यवहार र अपमान भोग्नेहरूमा ७० दशमलव आठ प्रतिशत छन् । चरित्र हत्या गर्ने वा चरित्रलाई हल्का रूपमा लिने सामाजिक मनोवृत्तिका कारण धेरै दलित महिलाको जीवन प्रभावित भएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष दुर्गा सोवले दलित महिलामाथि हिंसा अन्त्य गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरिएको प्रतिबद्धता र संवैधानिक, कानूनी र नीतिगत व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । भएका ऐन कानुनबारे दलित र गैरदलित सबैलाई बुझाउन जरुरी रहेकामा उहाँको जोड छ ।      

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया