देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो

 फागुन २१, २०८१ बुधबार ८:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी केही क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्ण रुपमा खुलेसँगै काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा अधिकतम तापक्रम बढ्न थालेको छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहेको थियो ।

आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया