क्यानाडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने अमेरिकी व्यवस्था आजदेखि लागू हुँदै

 फागुन २०, २०८१ मंगलबार १२:५९:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत अमेरिकी करको व्यवस्था आजदेखि लागू हुने बताउनुभएको छ । उहाँले चिनियाँ आयातमा कर दोब्बर पारेर २० प्रतिशत पुर्‍याउने पनि दाबी गर्नुभएको छ ।

चीनले अमेरिकामा फेन्टानिल पदार्थको प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै ट्रम्पले आयात कर बढाउने बताउनुभएको बीबीसीले जनाएको छ । आयात कर नीतिले क्यानडा र मेक्सिकोलाई पनि अवैध लागूऔषध र आप्रवासीलाई देशमा प्रवेश गर्नबाट रोक्न थप काम गर्न बाध्य पार्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

ट्रम्पले अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरूमा कर वृद्धि गरेपछि बजार घटेको छ । तीन वटै देशले कर वृद्धिको प्रतिक्रियामा अमेरिकासँग बदला लिने बताएका छन् ।

चीनले केही अमेरिकी सामानमा १५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ । यसले व्यापार युद्ध फराकिलो हुने सम्भावना बढाएको खबरमा उल्लेख छ ।

विज्ञहरूले अमेरिकी उपभोक्ताहरूलाई केही उत्पादनको मूल्य उच्च हुने भन्दै चेतावनी दिँदै आएका छन् । क्यानडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजारमा गिरावट आएको छ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया