थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरियो

 फागुन २०, २०८१ मंगलबार १२:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरिएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो ।

पाइप फुटेपछि पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरू डुबानमा परेका थिए । सडकपेटीमा पनि क्षति पुगेको छ ।

अहिले काठमाण्डौ महानगरका प्रहरी, नेपाल प्रहरी, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीलगायतले सडक, रेष्टुरेन्ट, औषधि र फलफूल पसलमा पसेको पानी हटाएका छन् ।

डोजरकै प्रयोग गररे त्यहाँ जम्मा भएका ढुङ्गा र गिट्टी हटाइएको छ । यससँगै अवरुद्ध भएको सडक पनि सञ्चालनमा आएको छ । आज बिहान ५ बजेतिर पाइप फुटेको थियो ।

यसअघि गएको माघ ३० गते काठमाण्डौको बिजुलीबजार–बबरमहल सडक खण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला यो क्षेत्रमा रहेका वन कार्यालयलगायतका सरकारी कार्यालयहरू जलमग्न भएका थिए ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया