स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुगेको छ । पछिल्लो पटक बैजनी–बुङ्गेचरा थप भएको हो । यो चरा बङ्गलादेश, भारत, म्यानमार र श्रीलङ्कामा पाइने गरेकोमा नेपालमा पनि भेटिएको हो ।
झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा समुद्र सतहदेखि १ सय ३३ मिटर उचाइमा नयाँ प्रजातिको चरा 'पर्पल–रुम्पेड सनवर्ड' अर्थात् बैजनी–बुङ्गेचरा भेटिएको र अभिलेख भएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।
चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनका क्रममा फागुन ७ गते मेचीनगर क्षेत्रको आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा यो चराको भालेपोथी देख्नुभएको थियो । खरेलपछि चराविद्हरू अनिश तिमसिना, चक्र तिमसिना र शङ्कर लुइँटेलले पनि अवलोकन गर्नुभएको थियो । चराको तस्वीर पाएपछि त्यसको पुष्टि बर्ड रेकर्ड कमिटीले गरेको अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले गएको मङ्सिर २३ गते भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खेतमा खैरो झाडी फिस्टो चरा देख्नुभएको थियो । गुरुङले खिचेको यो चराको तस्वीर पुस ८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाउनुभएको थियो । चराको तस्वीर र अन्य विवरणका आधारमा चरा खैरो झाडी फिस्टो भएको कमिटीले पुष्टि गरेको नेपाल बर्ड रेकर्ड कमिटीका डा. तुल्सी सुवेदीले जानकारी दिनुभयो ।
खैरो झाडी फिस्टो चरा
नेपालमा १९औं शताब्दीयता यो चराको कुनै अभिलेख नभएको हुँदा लोप भएको ठानिएको डा. सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नाम 'ब्राउन बुस वार्ब्लर' रहेको यो चरा भुटान, भारत, चीन, म्यानमार र थाइल्यान्डमा पाइने नेपाल पक्षीविद् सङ्घले जनाएको छ । यो अब नेपालमा पनि पाइने सूचीमा समावेश भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।