आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ ।
ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन गरेकोप्रति जेलेन्स्कीले खण्डन गर्नुभएको थियो । जेलेन्स्कीले पुटिनसँग कुनै सम्झौता हुन नहुने बताउनुभएको छ ।
भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइटहाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएकाे संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।