निगमका ३ वटा विमान एकैपटक 'ग्राउन्डेड' भएपछि छानबिन गर्न समि...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको स्पष्टीकरण दिनुभएको छ ।
मन्त्रालयले पदबाट किन नहटाउने भन्दै गएकाे मङ्गलवार सोधेको २४ घण्टे स्पष्टीकरणमा जवाफ दिँदै घिसिङले विद्युत् प्राधिकरण ऐनअनुसार मन्त्रिपरिषद्बाट चार वर्षका लागि नियुक्त भएकाले आफूलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको तर्क गर्नुभएको हो । ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मानमर्दन गरी हतोत्साही बनाएको उहाँको आरोप छ ।
मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा अति गौण र साना विषय उठान गरी पटक पटक स्पष्टीकरण मागेर असजिलो पारेको घिसिङले स्पष्टीकरण पत्रमा उल्लेख गर्नुभएको छ ।
उहाँले आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन भन्दै प्रश्नसमेत गर्नुभएको छ । स्पष्टीकरण पत्रमा यस्तो कार्यले राज्यले प्रदान गरेको पदीय दायित्व, जिम्मेवारी तथा स्रोत साधन र समयको अवमूल्यन भइरहेको जिकिर छ ।
कार्यकारी निर्देशक घिसिङले प्रतिकूलता, असहयोग र अवरोधका बाबजुद आफूले नेपाल सरकारले दिएको जिम्मेवारी कानून अनुसार पूरा गरिरहेको दाबी गर्नुभएको छ । आफूमाथि लगाइएका आरोप मनोगत भएको उहाँकाे दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।