केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अन्तिम खेलमा आज दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेको इङ्गल्यान्ड खेल्दैछन् । यो खेल दिउँसो पौने ३ बजे कराचीको नेशनल स्टेडियममा शुरू हुनेछ ।
यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । दक्षिण अफ्रिका २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ वटै खेल हारेको इङ्गल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छ । यो समूहबाट अस्ट्रेलिया ३ खेलमा ४ अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तान ३ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।
आजको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकामाथि निकै ठूलो अन्तरको जीत निकाले मात्र अफगानिस्तान अन्तिम ४ मा पुग्ने सम्भावना रहन्छ । दक्षिण अफ्रिका नेट रन रेटका आधारमा अफगानिस्तानभन्दा निकै अघि छ ।
गएराति अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द भएसँगै १ अङ्क बाँड्दै अस्ट्रेलिया अन्तिम ४ मा पुगेको हो ।
यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा आयोजक पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।