आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – सङ्कटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले सङ्कटालाई २–१ गोलले हरायो । आर्मीका नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरे । सङ्कटाका विसन गुरुङले सान्त्वना गोल गरे ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक केपी ओली एफसी र मच्छिन्द्र एफसी खेल्दैछन् । याे खेल बेलुकी ५ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ ।
प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन भाेलि आइतवार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् । फाइनल खेल पर्सि साेमवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।