केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – एशियाली विकास बैंक (एडीबी) ले गरिबी घटाउनेतर्फ नेपालले प्रगति गरिरहेको भन्दै प्रशंसा गरेको छ । नेपाल भ्रमणमा रहेका एडीबीका प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवम् विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताउनुभएको हो ।
चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि दिगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेका चुनौती पनि औंल्याउनुभएको छ । नेपाल रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्नेमा उहाँको सुझाव छ ।
महानिर्देशक पार्कले व्यापार, आप्रवासन तथा आर्थिक नीतिहरूमा अमेरिकाका सम्भावित परिवर्तनको असर यो वर्षको अन्तिम महिनामा देखिने बताउनुभयो । यस्तै यो वर्ष दक्षिण एशिया विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भएको क्षेत्र बन्ने प्रक्षेपण रहेको पनि उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।