अमेरिकामा यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १६ सय जना बर्खास्त

 फागुन १२, २०८१ सोमबार १७:३६:४० | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले 'यूएसएआईडी' का धेरैजसो कर्मचारीलाई बिदामा राखेको र थप कर्मचारीलाई हटाएको छ ।

आइतवार मध्यरातदेखि लागू हुने गरी ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ४ हजार २ सय जना कर्मचारीलाई बिदामा राखेको र कम्तीमा १ हजार ६ सय जना कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ ।

बिदामा राखिएकामध्ये कति जना कर्मचारीलाई फिर्ता गर्ने भन्ने टुङ्गो लागेको छैन तर यूएसएआईडीले यसअघि ६ सय ११ जना कर्मचारी आवश्यक रहने ठानेको थियो ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन अर्बपति व्यापारी एलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डीओजीई) अन्तर्गत सङ्घीय कर्मचारीको सङ्ख्या घटाउने प्रयास गरिरहेको छ ।

एक अमेरिकी सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनालाई प्रतिबन्ध लगाएका थिए तर गएको शुक्रवार यो प्रतिबन्ध स्थायी नहुने बताएका थिए ।

सन् १९६१ मा यूएसएआईडीको स्थापना भएको थियो । कटौतीअघि यसमा झन्डै १० हजार जना कर्मचारी थिए ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया