जर्मनीमा कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनाव जित्यो

 फागुन १२, २०८१ सोमबार ९:३६:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दल कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले २८ दशमलव ६ प्रतिशत मत ल्याएर चुनाव जितेको छ ।

हिजो भएको चुनावको मतगणना सकिएसँगै अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो, सोसल डेमोक्याट (एसपीडी) तेस्रो र ग्रीन्स चौथो स्थानमा रहेको नतिजा सार्वजनिक भएको बीबीसीले पुष्टि गरेको छ । मत परिणामसँगै कन्जरभेटिभ नेता फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने पक्का भएको छ ।

सन् २०२४ को अन्तमा तीन दलीय गठबन्धन भङ्ग भएसँगै जर्मनीमा नयाँ सङ्घीय सरकारका लागि लाखौँ नागरिकले हिजो मतदान गरका हुन् ।

जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको मतदान भएको हो । नियमित समयअनुसार आउँदो सेप्टेम्बरमा चुनाव हुनुपर्ने भए पनि गएको वर्ष सोसल डेमोक्रेटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्री डेमोक्र्याटिक पार्टीको सत्तारूढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि चुनाव भएको हो ।

जर्मनीको तल्लो सदन ६ सय ३० सदस्यीय छ । ५ करोड ९२ लाख मतदाता छन् । खस्कँदो अर्थतन्त्र र आप्रवासनलाई दोष दिएको सुरक्षा चिन्ता जर्मनीका अहिलेका मुख्य समस्या हुन् ।

दलहरूले यिनै विषयलाई मुद्दा बनाएका छन् । विश्वमञ्चमा पनि जर्मनीले महत्त्वपूर्ण निर्णयहरू लिने भएका कारण चुनावलाई अमेरिका र युरोपले चासोका साथ हेरेका छन् । जर्मनी युक्रेनमा अमेरिकापछि दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया