च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत , पाकिस्तान ६ विकेटले पराजित

 फागुन १२, २०८१ सोमबार ६:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ ।

हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा समेटियो ।

पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल यूएईमा भइरहेको छ । यसअघि भारतले बङ्गलादेशलाई पनि ६ विकेटले पराजित गरेको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत दुई खेलमा अपराजित रहँदै ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अङ्कविहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।

प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्याण्ड खेल्दैछन् । पाकिस्तानको रावलपिन्डिमा हुने खेल दिउँसो पौने ३ बज शुरू हुनेछ । 
 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया