केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – सरकारले ल्याएका अध्यादेशहरू आउँदाे फागुन ११ गतेअघि संसदीय प्रक्रियामा अगाडि नबढ्ने भएका छन् ।
बिहान बसेको सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले आज, भोलि र पर्सिको बैठकमा अध्यादेशहरू अघि बढाउन तयारी नपुग्ने बताउनुभयो ।
यस्तै कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले पनि सांसदहरू जिल्लाबाहिर रहेकाले अध्यादेश अघि बढाउन एक हप्तादेखि १० दिनसम्म लाग्ने बताउनुभयो । आज, भोलि र पर्सिपछि प्रतिनिधिसभाको बैठक फागुन ११ गतेका लागि मात्रै तोकिएको छ । घिमिरेले ११ गतेपछिको सूचीमा अध्यादेश अघि बढाउने बताउनुभयो ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गएको पुस १४ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको थियो । यस्तै पुस २९ गते थप चार वटा र माघ २ गते एउटा अध्यादेश जारी गर्नुभएको छ । यी ६ वटै अध्यादेश दुवै सदनमा अधिवेशन शुरू भएकै दिन अर्थात् माघ १८ गते प्रस्तुत भइसकेका छन् । अब दुवै सदनले अध्यादेश स्वीकृत गरेपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।
अधिवेशन शुरू भएको पहिलो दिन पेश गर्नुपर्ने र दुवै सदनबाट अध्यादेश स्वीकृत गराएर ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर ऐनमा रूपान्तरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । अन्यथा सबै अध्यादेश निष्क्रिय हुन्छन् । तर सरकारले अध्यादेश स्वीकृतिका लागि संसद्मा निर्णयार्थ प्रस्तुत गर्न सकेको छैन । राष्ट्रियसभामा अध्यादेश पारित गर्न बहुमत नपुग्ने डरले सरकारले अध्यादेश अघि बढाउन सकिरहेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।