केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभर वायु प्रदूषण बढेको छ । अहिले काठमाण्डौ विश्वका धेरै प्रदूषित शहरको तेस्रो सूचीमा छ । काठमाण्डाैकाे वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १६० देखि २०० भन्दा माथिसम्म रहेको छ ।
एक्यूआई शून्यदेखि ५० सम्म हुँदा सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई २०१ देखि ३०० सम्म हुनुलाई सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम मानिन्छ । ३०१ देखिमाथिको अवस्थालाई घातक वा आपत्कालीन अवस्था मानिन्छ ।
काठमाण्डौसँगै भरतपुर, हेटौँडा, धनगढी, पोखरालगायतका शहरमा पनि वायु प्रदूषण बढेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार काठमाण्डाै उपत्यकामा वर्षा हुन नसकेर प्रदूषण थुप्रिएर बसेको छ । उहाँका अनुसार काठमाण्डाै कचौरा आकारको शहर भएकाले हावा चल्न पाउँदैन । त्यसले गर्दा प्रदूषण यहीँ जम्मा भएर बस्छ र दिनदिनै थप हुँदै जान्छ । त्यो निस्कन पाउँदैन ।
दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउँछ । फोक्सोमा सीधै र अरू धेरै अङ्गमा असर पुर्याउने डाक्टरहरू बताउँछन् । प्रदूषणले मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउँछ ।
प्रदूषण बढेको बेला सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।