केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएकामध्ये थप एक जनाको ज्यान गएको छ । काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्क घर भइ काठमाण्डौको कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
योसँगै कमलपोखरीमा भएको ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनालगत्तै ११ जना गम्भीर घाइते भएका थिए ।
तीमध्ये यसअघि उदयपुरको उदयपुरगढीका प्रदीप तामाङ, उदयपुरकै कटारी नगरपालिकाका भीमबहादुर घलेमगर र मकवानपुरको मनहरी गाउँपालिकाका रबिन राईको उपचारका क्रममा ज्यान गएको थियो । अरू घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।