केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमणडौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो । उसका मिकेल मेरिनोले खेलको दोस्रो हाफमा दुई गोल गरे । उनले खेलको ८१ र ८७ औं मिनेटमा गोल गरेका हुन् ।
तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलमा ५३ अङ्क भएको छ । पराजित लेस्टर सिटी समान २५ खेलमा १७ अंकका साथ १९ औं स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई चार गोलले हरायो । उसका ओमर मार्मुसले ह्याट्रिक गोल गरे । उनले खेलको १९औं, २४औं र ३३औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै ८४औं मिनेटमा जेम्स मेकाटीले गोल थपे । जितसँगै सिटीले २५ खेलबाट ४४ अङ्क बनाएको छ । सिटी तालिकाको चौथो स्थानमा छ । पराजित न्युकासलको समान २५ खेलमा ४१ अङ्क छ ।
अरू खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डसँग १–०, साउथह्याम्पटन बर्नमाउथसँग ३–१, नटिङघम फरेस्ट फुलहमसँग २–१ र क्रिस्टल प्यालेस एभर्टनसँग २–१ गोलले पराजित भएको छ । एस्टन भिला र इपस्विच टाउनले एक–एक गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिगमा लिभरपुल ५७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आज लिभरपुल र उल्भ्स तथा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।