केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो देशभर मौसम बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आजदेखि मौसममा सुधार हुने र चिसो कम हुँदै जाने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वका हिमाली भेगमा आज पनि हल्का हिमपात र अरू ठाउँमा आंशिक बदली हुनेछ । तर हिजोजस्तो बदली नहुने उहाँको भनाइ छ । हिजो पश्चिमी भेगका केही ठाउँमा छिटपुट वर्षा र सबैजसो हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको जलवायु विपद विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्ययम खालको वर्षाको सम्भावना समेत छ ।
यसपालीको हिउँद सुख्खा भइरहेको बेला हिउँद सकिने बेला पानी पर्ने संकेत देखिएको हो । नेपालको मौसमी पात्रोमा मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । यो वर्षको हिउँद सकिन लाग्दा औषतको नौ प्रतिशत मात्रै पानी परेको छ । धेरै ठाउँमा त पानी परेकै छैन । पानी नपर्दा वायु प्रदुषण र डढेलोको जोखिमसँगै कृषिबालीमा असर गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।