लाङटाङको याला हिमनदी सन् २०४० को दशकमै हराउन सक्छ : अध्ययन

 माघ ९, २०८१ बुधबार १८:६:११ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको याला हिमनदी सन् २०४० को दशकमै हराइसक्ने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ) र विश्व हिमनदी निगरानी सेवाले गरेको अध्ययनले याला हिमनदी सन् २०४० को दशकमै हराउने निष्कर्ष निकालेको हो ।

यो 'ग्लोबल ग्लेसियर कजल्टी लिस्ट' मा रहेका १५ हिमनदीमध्येको एक र हिन्दुकुश हिमालय क्षेत्रको एकमात्र हिमनदी हो । यो सूचीका दुई वटा हिमनदी यसअघि नै हराइसकेका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार याला हिमनदीको क्षेत्रफल सन् १८७४ देखि सन् २०२१ को बीचमा ६ सय ८० मिटरले घटेको छ । यस्तै हिमनदी फैलिएको क्षेत्र पनि ३६ प्रतिशतले घटेको छ । याला हिमनदी नेपालमा सबैभन्दा धेरै अध्ययन भएको हिमनदी पनि हो । विश्वव्यापी रूपमा भएको तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएको अध्ययनको निष्कर्ष छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन अनुसार हिन्दुकुश हिमालय क्षेत्रको तापक्रम वृद्धि विश्वको औसत तापमान वृद्धिभन्दा दोब्बर गतिमा भइरहेको छ । हिन्दुकुश क्षेत्रका हिमनदी विनाशले झन्डै २४ करोड मानिसको जलस्रोतमा प्रत्यक्ष असर पार्ने अध्ययनले देखाएको छ । हिमनदी पग्लिएर बन्ने हिमतालहरूको विस्फोटनले तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनसक्ने जोखिम पनि बढेको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको छ भने सन् २०२५ देखि मार्च २१ तारिखलाई विश्व हिमनदी दिवसका रूपमा मनाइने भएको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया