चिनियाँ सामानमा शुल्क लगाउने अमेरिकी चेतावनीले कसैलाई पनि ...
माघ ९, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको बताउनुभएको छ ।
आफ्नो प्रशासनमा भएको छलफलमा उहाँले मेक्सिको र क्यानडामा चीनले फेन्टनिल नामको औषधि पठाइरहेको तथ्यमा आधारित रहेर शुल्क बढाउनेबारे सोचेको बताउनुभएको बीबीसीले जनाएको छ । त्यो औषधि मेक्सिको र क्यानडा हुँदै अमेरिका भित्रिएको उहाँको भनाइ छ ।
ट्रम्पले यसअघि नै मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्ना ती छिमेकी देशहरू मेस्किको र क्यानडालाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउनुभएको छ । ट्रम्पले नयाँ करदर लागू गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ ।
पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ (ईयू) लाई समेत आयात शुल्क लगाउने बताउनुभयो । चीन दुर्व्यवहारकर्ता रहेको र ईयू पनि अमेरिकीप्रति निकै नराम्रो भइरहेको ट्रम्पको आरोप छ ।
यसअघि चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने बताउनुभएको थियो । ट्रम्पको आर्थिक योजनामा कर मुख्य पक्षका रूपमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।