च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै नभई बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् ।
गएको मङ्सिर महिनामा मात्रै ३० वटाभन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो । पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उहाँले बताउनुभयो ।
पहिले–पहिले गाह्रो भएको तर अहिले ठाउँठाउँबाट माग भइरहेको र आम्दानी पनि ठीकै भएको समूहकी अध्यक्ष खड्काले सुनाउनुभयो । एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको उहाँले जानकारी दिनुभयो । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उहाँको भनाइ छ ।
पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरूले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेशामा लागेको अध्यक्ष खड्काले बताउनुभयो ।
समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको १ लाख ४० हजार रुपैयाँले वाद्य सामग्री खरिद गरेको हो । यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध छन् । पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताउनुभयो ।
पञ्चेबाजा बजाउने मात्रै नभई यो समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।