च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएकाे छ ।
अस्ट्रेलियाले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्याे । नेपालकी कप्तान पूजा महताेले सबैभन्दा धेरै १८ रन बनाइन् । नेपालका अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाकी हसरत गिल, जुलिटी माेर्टन र लिली बेसिंगथवाइटले २/२ विकेट लिए ।
यसअघि मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायाे । अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महताेले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।
प्रतियाेगितामा नेपालकाे याे लगातार तेस्राे हार हाे । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल रहेकाे समूह 'डी' बाट अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड 'सुपर–सिक्स' मा पुगेका छन् । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष तीन टोली 'सुपर–सिक्स' मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।