च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – पुस महिनामा गाडी दुर्घटनामा एक सय ९७ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार पुसमा तीन हजार तीन सय ७४ वटा गाडी दुर्घटना हुँदा एक सय ५४ जना पुरुष, ३३ जना महिला, पाँच जना बालक र पाँच जना बालिका गरी एक सय ९७ जनाको ज्यान गएको हो ।
पुस महिनामा गाडी दुर्घटनामा ६ सय ४६ जना गम्भीर घाइते भएका छन् । २ हजार ७ सय ७१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
पुस महिनामा सबैभन्दा धेरै दुई हजार ७६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस चार सय ४६ वटा, बस एक सय २१ वटा, टेम्पो एक सय ७८ वटा दुर्घटनामा परेका छन् । एक सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर मालवाहक गाडी दुर्घटनामा परेका प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै दुर्घटना रातको समय अर्थात् बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म भएका छन् । गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, जाँड–रक्सी खाएर चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियमको उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले पुस महिनामा चालकलाई कारबाही गरेर नौ करोड ४६ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।