१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

 माघ ९, २०८१ बुधबार ७:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । यो खेल मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । १६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।

यसअघि दुई खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न आजको आफ्नो तेस्रो खेलमा जीत र आज बिहान हुने बङ्गलादेश र स्कटल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नेछ । अस्ट्रेलियासँग जीत र बङ्गलादेशले पनि स्कटल्याण्डलाई हराउन सकेमा नेपाल सुपर सिक्समा पुग्नेछ ।

समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बङ्गलादेश र स्कटल्यान्डको समान २–२ अङ्क छ । नेपाल अङ्कविहीन छ । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया