चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो

 माघ ७, २०८१ सोमबार १२:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – चितवनको भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका–११ बसेनी चोकमा रातको समयमा गस्ती गर्ने क्रममा प्रहरीले एक युवकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो पावर देखाएको भन्दै प्रहरीले युवकलाई कुटपिट गरेको देख्न सकिन्छ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।

यस घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी ती प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया