अस्ट्रेलियाले दियाे नेपाललाई १ सय ४० रनकाे लक्ष्य
माघ ९, २०८१ बुधबार
महोत्तरी – केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढ्दै गएको हो । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।
सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । गएको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताउनुभयो । चिसोले दमका बिरामी बढेका उहाँले बताउनुभयो ।
उपचारका लागि आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका धेरै छन् । बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिनुभयो । यहाँ उपचारका लागि आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा. ठाकुरले बताउनुभयो ।
गौशाला र दक्षिवर्ती सम्सीमा रहेका प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिनुभयो ।
यसैबीच चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गते पर्सि शुक्रवारसम्म जाडो बिदा दिइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । चिसो बढेपछि विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उहाँको भनाइ छ ।
अभिभावकले पनि बिदाका निम्ती अनौपचारिक रूपमा विद्यालय र पालिकामा अनुरोध गर्दै आएका थिए । नेपालगञ्जमा बाक्लो हुस्सु र कुहिरो लागेर घाम नलाग्दा चिसो बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।