अस्ट्रेलियाले दियाे नेपाललाई १ सय ४० रनकाे लक्ष्य
माघ ९, २०८१ बुधबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।
एन्फा कम्प्लेक्समा सातदोबाटोमा खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजोको खेलमा बाग्मती युथ क्लबलाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिकाले सान्त्वना जीत निकालेको थियो । एन्फा महिला लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ ।
आउँदो शनिवार दशरथ रङ्गशालामा हुने प्रतियोगिताको क्वालिफायर–१ मा एपीएफ र आर्मी खेल्नेछन् । त्यसअघि शुक्रवार इलिमिनेटरमा तेस्रो स्थानको पुलिस र चौथो स्थानको बाग्मती युथ क्लबले खेल्नेछन् ।
यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न सोमवार दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते दशरथ रङ्गशालामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।