तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु : भोलि मौसम बदलीको सम्भावना

 माघ ९, २०८१ बुधबार ७:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा तथा तराईका केही ठाउँमा दिउँसो हुस्सु हट्ने तर तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले  तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा आज मौसम  सफा रहेको महाशाखाले जनाएको छ ।

भोलि बिहीवार भने पश्चिमी क्षेत्रबाट मौसम बदली भई धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया