बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो,...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथि नहुने बताउनुभएको छ ।
सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठककाे निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने बताउनुभएको हो । संविधान संशोधनका लागि पूरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केही समय लाग्नसक्ने सङ्केत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भनाइले अभिव्यक्त गरेको हुन सक्ने प्रवक्ता गुरुङको भनाइ छ ।
प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि यो विषयमा अरू दलहरूसँग छलफल हुने उल्लेख गर्नुभयो ।
गएको मङ्गलवार प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा संसद्को अहिलेको कार्यकालमा दुई तिहाइ नपुगे २०८७ सालमा संविधान संशोधन हुने बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।