सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – रुपन्देहीको बुटवलमा ट्राफिक चोकसहित मुख्य तीन ठाउँमा ट्राफिक लाइट जडान भएको छ । ट्राफिक चोक, मिलन चोक र कालिका नगरमा जडान गरिएको ट्राफिक लाइटको आज एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।
मेयर पाण्डेयले आउँदा दिनमा गोलपार्क, हस्पिटल लाइन, राजमार्ग चौराह, योगीकुटी लगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको बताउनुभयो । उपमहानगरपालिकाले आफ्नै लगानीमा अहिलेलाई बुटवलको बढी भीडभाड र चहलपहल हुने कालिका नगरको कालिका चोक, मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरेको हो ।
बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित शहरका रूपमा विकास गर्ने उद्देश्यले मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा एक सय २५ वटा सीसीटीभी क्यामेरा जडान गरिएको मेयर पाण्डेयले बताउनुभयो । उहाँले राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक विस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने समेत बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनुभयो । बुटवलको कालिका चोक, मिलन चोक लगायतका ठाउँमा धेरै दुर्घटना हुने गरेको भन्दै उहाँले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
वार्षिक योजनाअनुसार ५५ लाख ५ हजार ९ सय २५ रुपियाँकाे लागतमा तीन ठाउँमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टिपर्पाेज प्राली काठमाण्डाैसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।